आजवाट पोखरामा २६ प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक

चैत ३, काठमाडौ — पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुने भएको छ । ल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने प्याराग्लाइडिङ कम्पनीको उडान बन्द गरिएको छ ।
पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो ।
पोखराको आकाशमा उडान भर्ने ५६ मध्ये ३० कम्पनीले भने नविकरण गरिसकेका छन् । आइतबारपछि आउने कम्पनीलाई थप जरिवाना लिएरमात्रै नविकरण गर्ने निर्णय बैठकले गरेको छ ।