पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै

चैत ३, काठमाडौ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् ।

सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।