डेढ महिना पछि गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुल्यो

चैत्र ३, काठमाडौ– पोखरामा संचालनमा रहेको गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ ।

सरकारले तोके विपरित शुल्क लिएको भन्दै एमबीबीएसका विद्यार्थीहरुले डेढ महिना सम्म ताला लगाएका थिए ।
वार्ता र छलफलवाट समस्या समाधान गर्न आग्रह गर्दै त्यसो नभए आफूहरु कानूनी प्रक्रियामा जाने विद्यार्थीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लामो समय देखि लगाएको ताला प्रशासनको रोहबरमा खोलिएको विद्यार्थीले जनाएका छन् । न्यायीक निकायबाट प्रतिवेदन नआए सम्मका लागि आफूहरुको आन्दोलन स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

। सो कलेजमा अध्ययनरत २०१५ देखिका व्याचका विद्यार्थीे विभिन्न माग राख्दै आन्दोलनरत छन् ।  विद्यार्थीहरुले पठनपाठनको व्यवस्था मिलाइ दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा जिल्ला प्रशासन कार्यालय कास्की समक्ष माग गरेका छन् ।