म्यानपावर व्यावसायीले अब छ करोड धरौटी राख्नुपर्ने

चैत २, काठमाडौ — म्यानपावर व्यवसायीहरुले अब ६ करोडसम्म धरौटी राख्नुपर्ने भएको छ। २३ लाख मात्रै धरौटी राख्दै आएका म्यानपावरले अबदेखि दुई करोडदेखि ६ करोडसम्म धरौटी रकम राख्नुपर्ने भएको हो ।

सरकारले केही नेपालको कानुनमार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको धरौटी रकम बढाएको हो। साथै यसअघि सञ्चालन भइसकेका व्यवसायीले पनि अबको ६ महिनाभित्र धरौटी रकम र बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने म्यानपावरले धरौटी रु ५० लाख नगद र बैंक ग्यारेन्टी एक करोड ५० लाख रुपैयाँ राख्नुपर्नेछ । वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले म्यानपावरको धरौटी रकम बढाएर ६ करोड रुपैयाँ र्पुयाउनु पर्ने प्रस्ताव संसद्ले पारित गरेको हो।