सेवाग्राहीको सुविधाका लागि राहदानी विभागको सेवा थप १ घण्टा

काठमाडौं चैत्र १, काठमाडौ– सेवाग्राहीको सुविधाका लागि राहदानी विभागले आजबाट एक घण्टा सेवा अवधि थप गरेको छ ।

सेवाग्राहीको चापको व्यवस्थापन, कामको गुणस्तर तथा प्रभावकारिता वृद्धि गर्न यस अघिको बिहान १० बजेदेखि ५ बजेसम्मको कार्यलय समय परिमार्जन गरी बिहान ९ देखि ५ बजेसम्म सेवा अवधि कायम गरेको हो ।

पछिल्लो समय सरकारले सातै प्रदेशका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट पनि राहदानी वितरण गर्दै आएको छ ।