टुबोर्ग होली एडिसन क्यान बजारमा

 

काठमाण्डौ । रंग खेलेर मनाइने होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले छोटो अवधिका लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ ।

यस अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।

रङहरुको चाँडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको छ ।

गोर्खा व्रुअरीका मार्के्टिङ डाईरेक्टर वैभव शर्माले सीमित अवधिको क्यानले टुबोगको होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउने वताएका छन ।

टुबोर्गको होलीको कार्यक्रमहरु देशभरिका शहरहरु काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, इटहरी, हेटौडा तथा अरु सहरमा पनि मनाइँदैछ ।