घरमै पार्किङ गरि राखेको वडाध्यक्षको मोटरसाइकलमा आगजनी

 

चैत १, काठमाडौ– डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा आगो लागेको छ ।

आगजनी कस्ले गरेको हो भन्ने वारे थाहा हुन सकेको छैन ।

घरमै पार्किङ गरि राखेको ७ प ३६९० नम्बरको मोटरसाइकलमा गएराति करिब १२ बजे आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिएका छन ।