समायोजनमा जाने प्रहरीको तलबमा दुई ग्रेड बढ्ने

फागुन ३० काठमाडौ — सरकारले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धीत विधेयक संसदमा दर्ता गराएको छ ।
समायोजना गर्दा प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ग्रेडमा थप दुई ग्रेड वृद्धि गरेर समायोजना गर्न विधेयकमा प्रस्ताव छ ।
विधेयकले समायोजन गर्दा तथा प्रहरी कर्मचारी खटाउँदा दरबन्दी पूर्ति हुन नसकेमा रिक्त रहेको पदमा सम्बन्धीत प्रदेश प्रहरी सेवामा पदपूर्तीका लागि माग गरी मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। तर, प्रदेश प्रहरी सेवा समब्न्धी कानून र प्रदेश लोकसेवा कानुन बनेको अवस्थामा भने प्रदेशस्तरबाटै पदपूर्ति हुनेछ।