प्याब्सनको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदै

फागुन २९, काठमाडौ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याब्सन को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुने भएको छ । मंगलबार १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।
नयाँ नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गाना समूहबीच प्रतिस्पर्धा हुने भएको छ । प्याब्सनमा पहिलो पटक इलोक्ट्रोनिक भोटिङ मेशीन प्रयोग गरिने भएको छ । रामलक्ष्मण इलोक्ट्रोनिक भोटिङ मेशीनबाट महाधिवेशनमा सहभागी प्रतिनिधिले मतदान गर्ने छन् ।
‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि मतदान गर्नेछन् ।