फागुन २८, काठमाडौ–प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसंगको सम्झौतापछि पनि पृथकतावादी गतिविधि गरेको भन्दै सीके राउत प्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले देशको विखण्डन गर्ने गतिवीधि जोकसैले गरे पनि आफुलाई सह्य नहुने बताए ।
सरकारले राउत संग सहमती गर्नु पूर्व आफुसंग सल्लाह नगरेको वताउदै सीकेले राष्ट्रघाती गतिविधि जारी राखेको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
सरकारले पृथकतावादी आन्दोलन चलाएको शक्तिलाई मूलधारको राजनीतिमा ल्याउनु स्वागत योग्य भए पनि सहमति पछिपनि देश टुक्राउने गतिविधिप्रति देउवाले आपत्ती प्रकट गरेका छन ।