साफ महिला च्याम्पियनसिप आज नेपाल र भुटान भिड्दै

फागुन २८, काठमाडौ — पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल भुटानबीच खेल हुदैंछ। खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्ने छ ।