‘पृथकतावादी समूह सानो भए पनि विशाक्त हुन्छ’ – प्रधानमन्त्री

फागुन २७, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै परिषदका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् ।  ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’, उनले भने, ‘राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।’

‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो भुटभुटिएका छन्’ ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह सोच्न पनि नमिल्ने कुरा हो ।’