अर्थ समितिको बैठक स्थगित

फागुन २७ काठमाडौ – सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गन आज बोलाइएको अर्थ समितिको बैठक प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित भएपछि स्थगित गरिएको छ ।
समितिको छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा नै अनुपस्थित भएको भन्दै विपक्षी कांग्रेस सांसद गगन थापाले विधेयकमा छलफल हुन नसक्ने धारणा राखेपछि बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो।
सोमबार दिउँसो १ बजे समितिको बैठक राखिएको थियो