प्रदेश ५ को २ दिने सुरक्षा गोष्ठी भैरहवामा हुदै

फाल्गुन २६, काठमाडौ —प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा सुरु भएको छ । गोष्ठीमा ५ नम्बर प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको सहभागीता छ ।
विगतको संरचना फेरबदल भएको अवस्थामा प्रदेशको सुरक्षा व्यवस्था कसरी चुस्त पार्ने भन्ने विषयमा गोष्ठी केन्द्रित हुने छ ।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सुरु भएको गोष्ठीले प्रदेश ५ को सुरक्षा रणनीति तयार गर्नेछ ।