विप्लव समूहले लियो वसुन्धरा विस्फोटको जिम्मा

फागुन २६, काठमाडौ — बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ ।

बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो विष्पोटमा चार जना घाइते भएका थिए ।

विप्लव समूहसम्बद्ध युवा संगठन नेपालले विस्फोटको जिम्मा लिएको छ । मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।