सुनको भाउ तोलामा ६० हजार ५०० पुग्यो

 

फागुन २६, काठमाडौं– साताको पहिलो दिन सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो।

यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ । चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।