सरकारलाई कार्यशैली सुधार गर्न देउवाको सुझाव

फागुन  २६,काठमाडौ — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका छन् ।
नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप थियो ।
‘राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो’, सभापति देउवाले भने । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गरे । रासस