वायु प्रदूषणका कारण वर्षमा २२ हजारको मृत्यु

फागुन २६, काठमाडौ — नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २२ हजारको मानिसको ज्यान जाने गरेको उल्लेख छ । विश्व बैंकको तथ्यांकमा नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २२ हजारको मानिसको ज्यान जाने गरेको उल्लेख छ ।
वातावरण संरक्षण नियमावली ०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, ०६९ लागू गरेको छ । मापदण्ड अनुसार एक वर्षमा १८ दिन भन्दा बढी तोकिएको सीमा दूषित हावाले नाघ्नु हुँदैन । तर उपत्यकाका सन्दर्भमा दूषित हावाले सीमा नाघिरहेको वातावरण विभागको मापनले देखाएको छ ।