गोर्खा सैनिकको पेन्सन वृद्धि

फागुन २४, काठमाडौ — बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ ।

यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडांैस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ । पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक हुने जनाइएको छ । साथै, पेन्सन वृद्धि सन् २०१६ को जनवरी १ बाट नै लागू गरिने जनाइएको छ ।