प्रधानमन्त्री चढेको जहाज २० मिनेट होल्ड भएपछि सहसचिवस्तरीय छानबिन समिति गठन

फागुन २३ काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ ।
गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो । भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ।