फाल्गुन २२, काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना हुनु भएको छ ।
प्रधानमन्त्री ओली त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहान जानु भएको हो ।
प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नु पर्ने भएकाले अब्जरभेसनमा राखिएको अस्पतालका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले दिउँसोे विज्ञप्ति जारी गरि वताएका छन । प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था सामान्य रहेको समेत जनाएका छन ।