राजस्व अनुसन्धान विभागका २४ कर्मचारीमाथि मुद्दा दायर

फागुन २१ काठमाडौ — १ अर्ब ७५ करोड कर छलीको आरोपमा २४ जना कर्मचारी माथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
झुटा तथा नक्कली बिजक तयार पारी कर छली गर्ने जयकिशोर साह, परमेश्वर साहसहित २४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
विभागको अनुसन्धानमा १३ प्रतिशत भ्याट र खर्च देखाई आयकर २५ प्रतिशत छली गरेको पनि पाइएको छ।