घुस काण्डमा मुछिएका पाठकलाई अख्तियारले बयानका लागि डाक्ने

फागुन २२ काठमाडौ — नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाक्ने भएको छ ।
सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो । पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप छ ।
घुस लिएको पुष्टि भएपछि फागुन ३ गते आयुक्त पदबाट पाठकले राजीनामा दिएका थिए ।