पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना

फागुन २२, काठमाडौ — पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह विरामी परेपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् । एक सातादेखि विरामी भएकी शाह मंगलबार अस्पताल भर्ना भएकी हुन् ।

उनलाई रुघाखोकी र ज्वरो आउने समस्या हुनुका साथै शारीरिक रुपमा कमजोर बनेपछि अस्पताल भर्ना गरिएको हो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।