ग्यास उद्योगीको आन्दोलन स्थिगित , उद्योगी र निगमबीच तीनबुँदे समझदारी

फागुन २२ काठमाडौ — नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच तीनबुँदे समझदारी भएको छ । उद्यमी र व्यवसायले मंगलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।
सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा मंगलबार निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको छ । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।