अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा पर्साका दुई प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दा

फागुन २०, काठमाडौ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाका दुई जना प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ.। नेपाल बैंक लिमिटेडबाट कृषि ऋण दिलाइदिने आश देखाएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप लगाएको छ । आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
छिपहरमाई गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फुलवरियाका प्रधानाध्यापक अब्बास मियाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।