प्यारासुट दुर्घटनामा एक हवल्दार घाइते

फागुन २० काठमाडौ — राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट राम्रोसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।
सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए । हवल्दार भण्डारीको टाउँको लगायत शरीरको अन्य भागमा चोट लागेको बताइएको छ । उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ ।