काठमाडौँका स्कुलको नाम नेपालीमा हुनुपर्ने

फागुन २० काठमाडौ — काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ ।

महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो । निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ । संविधानको धारा ७ को उपदफा (१) मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।

महानगरपालिका भित्र ६ सय ४० निजी र ९१ सरकारी विद्यालय सञ्चालनमा छन् । अधिकांश सरकारी स्कुलले नेपालीमै नाम लेखे पनि निजीले भने अंग्र्रेजीमा लेख्ने गरेका छन् । साभार— अन्नपुर्ण पोष्ट