आज सेना दिवस मनाइँदै

फागुन २० काठमाडौ — नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।
साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ ।
यसअघि सेनाले महाशिवरात्रीको पूर्वसन्ध्यामा निःशुल्क वृहत प्रदर्शनी कार्यक्रम सम्पन्न गरिसकेको छ ।