प्रदेश तीनले उन्नत जातको चार हजार गाई चिनबाट ल्याउने

फागुन १८, काठमाडौ — तीन नम्बर प्रदेश सरकारले छिमेकी देश चीनबाट उन्नत जातको चार हजार गाई नेपाल भित्र्याउने जनाएको र्हा े घोषणा गरेको छ ।
गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत प्रदेश सरकारले उन्नत जातको गाई नेपाल भित्र्याउने जनाएको हो । यसका लागि प्रदेश सरकार र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार साँझ हेटौंडामा सम्झौता भएको छ ।
सम्झौतामा गाईसहित दूधजन्य क्षेत्रमा सहयोग गरिने उल्लेख छ ।