दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

फागुन १८, काठमाडौ — दार्चुलाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गईरहेको जीप महाकाली नदीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभिरमा म १ ज २८० नम्बरको जीप सडकबाट झण्डै तीन सय मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
मृतक सबैको शव संकलन गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ ।