फागुन १८, काठमाडौ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ ।
भनेको स्थानमा जान नमान्ने, तोकिए भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने लगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो ।
महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ ।
रासस