राष्ट्रियसभामा शोक प्रस्ताव पारित

फागुन १७, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको बैठकले निधन भएकाहरुप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।