पोखरामा मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली

 

फागुन १७, काठमाडौ – ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीद्र अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पोखराका नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ।
श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघीय सरकारको मन्त्री, नेकपाका केन्द्रीय नेता, विभिन्न पाटीका नेताले श्रद्धाञ्जली दिएका छन् ।