हेलिकप्टर दुर्घटना – पर्यटनमन्त्री अधिकारीसहित ७ जनालाई टुँडिखेलमा श्रद्धाञ्जली दिइदै

फागुन, १७ काठमाडौ – ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइदै छ ।
श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।