आङछिरिङ शेर्पाको शोकमा यति र तारा एयरलाइन्सले शुक्रबार उडान नगर्ने

फागुन  १६ ,काठमाडौ —ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शोकमा शुक्रबार सबै उडान रद्द गर्ने निर्णय गरेको छ ।
नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतिका दैनिक करिब ६० उडान छन्। सबै उडान एक दिनका लागि बन्द गर्ने र एयरलाइन्सकै सञ्चालक शेर्पाको सम्मान गरिने हुँदा यात्रुलाई परेको असुविधालाई क्षमा दिन तारा र यति दुवैको वायुसेवाले अनुरोध गरेका छन्।