नेकपा मुख्यालयमा शोकमा झुकाइयो आधा झण्डा

फागुन १६, काठमाडौ – केन्दि«य सदस्य रविन्द अधिकारीको हेलिकोप्टर दुर्घटनामा बुधबार निधन भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित मुख्यलायमा पार्टीको झण्डा आधा झुकाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका अधिकारीसहित सातजनाको ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको शोकमा झण्डा झुकाइएको हो ।  नेकपाले आफ्नो मुख्यालयमा दुर्घटनामा ज्यान गुमाएका सातैजनाको तस्बिर राखेर शोक व्यक्त गरेको छ।