परिवारजनलाई भेटेर नै समवेदना प्रकट गरे प्रचण्ड

 

फागुन १६, काठमाडौ— ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधनमा शोक वक्तव्य मार्फत गहिरो दुख व्यक्त गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनका परिवारलाई भेटेर पनि समवेदना प्रकट गरेका छन् ।

दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरेर प्रचण्डले समवेदना प्रकट गरेका हुन् ।

यस्तै व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारलाई भेटेर समवेदना दिएका हुन् ।