मुलुकभरको मौसम प्रभावित, काठमाडौँमै हिमपात

फागुन १६,काठमाडौँ –बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै हिँउ परेको छ । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।