अब काठमाडौंका हरेक चोकमा सिसिक्यामरा जडान गरिने

फागुन १६, काठमाडौ —काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसरबीच सिसीक्यामरा जडान, सञ्चालन र मर्मतसम्भारका लागि सम्झौता भएको छ । अब काठमाडौं महानगर क्षेत्रका सबै चोकमा सिसिक्यामरा जडान हुने भएका छन् ।
यसका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम मेयर विद्यासुन्दर शाक्यले बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे । सम्झौतापत्रमा महानगरका तर्फबाट सहसचिव डा. टोकराज पाण्डे र प्रहरी परिसरका नायब प्रहरी महानिरीक्षक शैलेश थापाले हस्ताक्षर गरेका छन्