फागुन १६ गते तपाईको आज — राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि अभिभावको सहयोग नपाउँदा काममा समस्या आउँनेछ । साना तिना झमेलाले दिन निराशपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा समस्या आउँनेछ ।

वृष राशिको लागि चिन्ताले स्वास्थ्यमा समस्या आउँनेछ । अधिकार प्राप्तिको लागि बढि संघर्ष गर्नुपर्ने छ ।

मिथुन राशिको लागि विशिष्ट खालको सत्कार पाइनेछ । आफूले रुचाएको काम गर्न पाउँदा मन प्रशन्न रहनेछ । दाम्पत्य सुख मिल्नेछ ।

कर्कट राशिका लागि विना संर्घष सफलता मिल्नेछ । सुखद यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ ।

सिंह राशिका लागि नचाइने काममा समय बर्बाद हुनेछ । अध्ययनमा मन जानलाई गाह्रो हुनेछ । खर्च बढ्नेछ ।

कन्या राशिका लागि बोलीको कारणले बन्नलागेको काममा बाधा आउँनेछ । स्वास्थ्यमा सामान्य हुदा काममा मन नजाने देखिन्छ ।

तुला राशिका लागि साथीको सहयोगबाट आटेको काममा सफलता मिल्नेछ । व्यापारमा लगानी बढ्दै जानेछ । नजिकको यात्रा हुनेछ ।

वृश्चिक राशिका लागि अनावश्यक चिन्ताले सताउँनेछ । नजिकको साथीसँगको सम्बन्धमा समस्या आउँनेछ ।

धनु राशिका लागि घरजग्गा जोड्ने अवसर प्राप्त हुनेछ । आर्थिक रुपमा सफलता मिल्ने देखिन्छ । पत्निको सहयोगले मन प्रशन्न हुनेछ ।

मकर राशिका लागि काम बिगार्ने पक्ष सक्रिय रहनेछन्, सजक भएर अगाडी बढ्नुहोला । मनमा अशुभ सोच आउँनसक्छ । अध्यनमा रुचि घट्नेछ ।

कुम्भ राशिका लागि सामाजिक सेवाको काममा संलग्न हुने अवसर प्राप्त हुनेछ । नयाँ मित्रसँग भेटघाटको अवसर मिल्नेछ । अप्रत्याशित रुपमा धन हात पर्नेछ ।

मीन राशिका लागि कार्यका कुशलता आउँनेछ । घरपरिवारको सहयोगले आटेको काममा सफलता मिल्नेछ । भोजभतेरमा संलग्न भैएला ।

यसदिनमा दिनको १.३० देखि ३ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।