मन्त्री अधिकारीको निधनमा बिहीबार सार्वजनिक विदा

फागुन १५, काठमाडौ— पर्यटन, संस्कृती तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटना भइ ताप्लेजुङमा निधन भएपछि सरकारले बिहिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक विदा दिने भएको छ । मृतकको सम्झनामा बिहीबार सरकारी निकाय, कुटनीतिक नियोग तथा शैक्षिक संस्थाहरुमा आधा झण्डा झुकाउने निर्णय समेत गरेको छ ।
अधिकारीसहित मृतक सबैको राष्ट्रिय सम्मानका साथ बिहीबार अन्तेष्टि गरिने भएको छ ।