पञ्चेश्वर विज्ञ समूहको बैठक काठमाडौंमा सुरु

फागुन १५ , काठमाडौ —महाकाली सन्धीअनुसार गठीत पञ्चेश्वर प्राधिकरण अन्तर्गतको पञ्चेश्वर विज्ञ समूहको बैठक काठमाडौंमा आज सुरु हुँदैछ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट जल तथा उर्जा आयोगका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट सेन्टर वाटर कमिसनका अध्यक्ष मसुद हुसेनले गर्ने भएका छन् ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा यसअघिका बैठकमा टुंगो नलागेका छलफल हुने भएको छ । छलफल भोलिसम्म चल्नेछ ।