देशभर मौसम बदलीः पानी पर्ने सम्भावना

फागुन १५, काठमाडौ — देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पश्चिमी भूभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।