टी २० विश्वकप छनोट— आज नेपाल र कुवेत भिड्दै

फागुन १५, काठमाडौ —आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार ( आज ) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र यूएईको समान आठ आठ अंक भए पनि रन रेटका आधारमा नेपाल पछि रहेको छ । चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्दा पनि रन रेटमा घाटा लागेको थियो ।
नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।