फागुन १५ गते तपाईको आज —राशिफल

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि लामो बोलिका कारण सम्बन्धमा समस्या आउँनेछ । अरुको सहयोगमा धन खर्च होला ।

वृष राशिको लागि समयसम्म रोकिएको धन हात लाग्नेछ । आफन्तको सहयोगबाट आटेको काम सम्पन्न हुनेछ।

मिथुन राशिको लागि भाग्यले साथ दिनेछ । भोजभतेरमा सहभागी भएर खुशी साट्ने मौका मिल्नेछ ।

कर्कट राशिका लागि ईज्जत प्रतिष्ठामा दान लाग्न सक्छ । अनावश्यक यात्रामा समय बित्नेछ खर्च बढ्नेछ ।

सिंह राशिका लागि वैदेशिक क्षेत्रको काममा ढिलाई होला । प्रेम सम्बन्धमा समस्या आउँनेछ । भयले मन चिन्तित होला ।

कन्या राशिका लागि धार्मीक कार्यमा सहभागी हुदा मन प्रशन्न हुनेछ । रोजगारको क्षेत्रबाट राम्रो फाइदा मिल्नेछ

तुला राशिका लागि राजनितिक कामबाट समस्या आईपर्ला । स्वास्थ्यमा सामान्य समस्या आउँला ।

वृश्चिक राशिका लागि शत्रुपक्ष पराजित हुनेछन् । गरेको कामको तारिफ मिल्नेछ । परोपकारको काममा मन जानेछ ।

धनु राशिका लागि सामान्य चोटपटकको सम्भावना छ सवारीमा यात्रा गर्दा सावधानी अपनाउँनु होला । अरुलाई सहयोग गर्दा आफूलाई समस्या हुनसक्छ होस गर्नुहोला ।

मकर राशिका लागि विशिष्ठ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । नयाँ ठाउँमा घुमघामको अबसर मिल्नेछ ।

कुम्भ राशिका लागि अतिथी सत्कारमा समय बित्नेछ । आत्मिय सम्बन्ध अझ सुमधुर बन्दै जानेछ । अध्ययनमा रुची बढ्नेछ ।

मीन राशिका लागि परिवारको कारण अनावश्यक झमेलामा फसिनेछ । प्रेमसम्बन्धमा समस्या आउँनेछ । अनावश्यक कार्यमा मन जानेछ ।

यसदिनमा दिनमा १२ देखि १.३० बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।