निष्कर्षविहिन राजपाको चार दिने बैठक

फागुन १४,काठमाडौ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म बसेको प्रदेशस्तरीय बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा १०–१३ गतेसम्म बसेको केन्दय अध्यक्षमण्ड, जिल्ला अध्यक्षमण्डल, स्थानीय जनप्रतिनिधि, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बैठकमा केन्द्रीय नेतृत्वदेखि प्रदेशका मन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचना भएको थियो ।