७८ न्यायाधीश छानबिनको घेरामा

फागुन, १४ काठमाडौ — सर्वोच्च अदालतको पद बहालपछि प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले न्यायालयभित्रको बेथिति हटाउनका लागि सूक्ष्म अनुगमन थाल्दै आएका छन् । न्यायपरिषद् सचिवालयले न्याय सम्पादनमा गम्भीर त्रुटि गर्ने ७८ जना न्यायाधीशविरुद्धको उजुरीका विषयमा छानबिन सुरु गरेको छ ।

जबराले विशेष अदालतका तीन न्यायाधीशहरुलाई काजमा सरुवा गरेका छन् । न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल रहेका छन् । ढकाल र बागचन्दलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास र पोखरेललाई उच्च अदालत जनकपुरको राजविराज इजलास सरुवा गरिएको छ ।

न्यायाधीशहरूले न्याय सम्पादनमा गरेको त्रुटिका विषयमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।