चैत १४ देखि नेपाल अन्तराष्ट्रिय व्यापार मेला सुरु

फागुन १३, काठमाडौं –चैत दोश्रो हप्ताबाट काठमाडौंमा नेपाल अन्तर्रा्ष्ट्रिय व्यापार मेला हुने भएको छ । पत्रकार सम्मेलन गर्दै नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

चैत १४ देखि १८ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने मेलामा भारत पाकिस्तान, बंगलादेश , चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ । मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भईसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरि ५०स्टल बुकिङ भईसकेको महासंघले जनाएको छ ।