वुटवल स्थित शङ्करप्लाजामा आगलागी, एक करोडको क्षति

फागुन १३, काठमाडौ— वुटवल महानगरपालिकाको व्यापारिक केन्द्र अमरपथ स्थित शङ्करप्लाजामा आगो लागेको छ ।

शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सी पसलमा एक्कासी आगो लागे संगै सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो ।
आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा एक करोड रुपियाँ बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

राति करीब १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका, रामग्राम नगरपा

लिका, सिद्धार्थ नगर नगरपालिका लगायतका दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा समेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।